विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी हवल्दार गुणराज अधिकारी कोशी प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले माघ महिनाभरिको सर्वोत्कृष्ट प्रहरी घोषित गर्दै हवल्दार अधिकारीलाई ‘बेस्ट पुलिस अफ दी मन्थ’को उपाधि प्रदान गरेका हुन् । विभागीय मूल्य–मान्यता र आदेश–निर्देशनको पालना गरी उच्च मनोबल एवं साहसका साथ कर्तव्य निर्वाह गरेका कारण अधिकारी सर्वोत्कृष्ट प्रहरी बन्न सफल भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया