विराटनगर । नेपाली छात्रा प्रकृति लम्सालको भारतमा शंकास्पद मृत्यु भएको घटनाको विरोधमा विराटनगरमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । प्रकृतिलाई न्याय दिनुपर्ने माग गर्दै आज (मंगलबार) बिहान प्रदर्शन गरिएको हो ।

विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् । विद्यार्थीहरुले रोडशेष चोकमा निक्कै बेर प्रदर्शन गरे । प्रकृतिलाई न्याय दिनुपर्ने माग गर्दै विद्यार्थीहरुले भारतीय राजदूतावासको विरोध गरेका छन् ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले भारतीय नम्बर प्लेटका सवारीसाधनलाई अवरोधसमेत गरेका थिए । उनीहरुले प्रकृतिलाई न्याय नदिए आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया