बेलबारीमा चियाकाे व्यापार : मासिक आम्दानी ५० हजार
मोरङ । मोरङ बेलबारी नगरपालिका–९ डाँगीहाटका खवास दम्पतीले चिया बेचेर सोही ठाउँमा एक बिघा खेत जोडेका छन् । २५ वर्षदेखि लगातार चिया बेचिरहेका दम्पतीले सन्तानलाई पनि उच्च शिक्षा दिलाएका छन् ।
चिया बेचेर चार जनाको परिवारको जीविका चलाउँदै आएकी स्वामकुमारी खवासका अनुसार व्यापारको टुङ्गो त हुँदैन, तर औषतमा दैनिक अढाइदेखि तीन सय कप चिया बिक्री हुन्छ । उनको पसलमा दैनिक ३० लिटर दूधको चिया बिक्री हुन्छ । स...










