कात्तिक शुक्ल प्रतिपदा: गोरु, गोवर्द्धन र हली पूजा

कात्तिक शुक्ल प्रतिपदा: गोरु, गोवर्द्धन र हली पूजा
कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । वर्षभर जोतिएर मानवहितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषिकर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा...

लक्ष्मीपूजापछि झिलिमिली इटहरी (तस्वीरहरु)

लक्ष्मीपूजापछि झिलिमिली इटहरी (तस्वीरहरु)
इटहरी । तिहारको मुख्य दिन लक्ष्मीपूजाका अवसरमा घरघरमा धनकी देवी लक्ष्मीको पूजा गरिएको छ। बिहीबार साँझ हिन्दू धर्मावलम्बीहरुले आफ्ना घर, कार्यालय, उद्योग तथा व्यवसायमा लक्ष्मीको पूजा सम्पन्न गरेका छन्। घर र कार्यालयमा आकर्षक रंगोली बनाउँदै विभिन्न रंगले सजावट गरिएको छ। देवी लक्ष्मीलाई स्वागत गर्न घरको गेट र मूलढोका खुला राख्ने परम्परा रहेकाे छ। यस अवसरमा घरघरमा बालिएको बत्तीका काेसी प्रदेशको...

विराटनगरमा मोटरसाइकल दुर्घटना : पैदल यात्रु र चालक गम्भीर घाइते

विराटनगर । विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रु र मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। बिहीबार राति ९:५० बजे विराटनगरको पिपल चौकमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको स ६ प ६६४२ नम्बरको मोटरसाइकल ठक्कर दिएको हो। हाल घाइतेहरूको नाम र ठेगाना अझै नखुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । घाइतेहरूलाई उपचारको लागि विराट नर्सिङ्ग होम लगिएको प्रहरीले जनाएको छ। दुर्घटनाको...

डिजेल र मट्टितेलको मूल्य घट्यो

डिजेल र मट्टितेलको मूल्य घट्यो
काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आज बसेको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर एक सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ कायम भएको छ । निगमले ...

सुनसरी र मोरङबाट लागूऔषधसहित दुईजना पक्राउ

सुनसरी र मोरङबाट लागूऔषधसहित दुईजना  पक्राउ
इटहरी : सुनसरी र मोरङबाट लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरी चौकी पचरुखीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका १४ का ३४ वर्षीय जोतिष चौधरीलाई १ ग्राम ५ सय ३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । यसैगरी इलाका प्रहरी कार्यालय विराटचौकबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दरहरैँचा नगरपालिका १० का २२ वर्षीय विशाल सार्कीलाई उनकै घर कोठाबाट प्रतिबन्धित औषधी ट्रमाडोल, स्पास...

बेलबारीको फर्निचरमा आगलागी हुदा १५ लाखको क्षति

बेलबारीको फर्निचरमा आगलागी हुदा १५ लाखको क्षति
मोरङको बेलबारीमा रहेको एउटा फर्निचरमा मंगलबार राति आगलागी भएको छ ।प्रहरीका अनुसार बेलबारी नगरपालिका–७ नहर चोकमा गणेश भनिने भदीलाल चौधरीले सञ्चालन गर्दै आएको गणेश काष्ठ उद्योग नामको फर्निचरमा राति १० बजेतिर आगलागी भएको हो । आगोले काठबाट बनेका दराज, पलङसहित फर्निचरका सामान राखिएको घर जलेर ध्वस्त भएको चौधरीले बताए । आगलागीमा १५ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । स्थानीय र दमकलको...

मोरङमा महिला र पुरुष मृत फेला

मोरङका अलगअलग स्थानमा बुधबार बिहान र मंगलबार साँझ दुई जना मृत फेला परेका छन् । विराटनगरमा एक पुरुष र कानेपोखरीमा एक जना महिला मृत फेला परेका हुन् । विराटनगर महानगरपालिका–९ चुलाचुली मार्गमा अन्दाजी ५० वर्षीय पुरुष बुधबार बिहान ७ः३० बजेतिर मृत फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान खुलेको छैन । सडक छेउमा मृत अवस्थामा देखेर स्थानीयले प्रह...

आज काग तिहार मनाइँदै

आज काग तिहार मनाइँदै
काठमाडौं । कात्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार । आज विभिन्न प्रकारका खानेकुरासहित कागको पूजा गरि मनाइँदैछ । बुधबार १७ घडी ८ पला अर्थात् दिउँसो १ बजेर ५ मिनेटसम्म त्रयोदशी रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन कागको पूजा गर्ने विधान रहेको परेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । तर घडीपलाका हिसाबले मंगलबार नै त्रयोदशी लागेको समितिले ...

साफ महिला च्याम्पियनसिपको उपाधिका आज नेपाल र बंगलादेश भिड्दै

साफ महिला च्याम्पियनसिपको उपाधिका आज नेपाल र बंगलादेश भिड्दै
काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा चार–दुई गोलले पराजित गर्दै छैटौं पटक साफको फाइनल प्रवेश गरेको हो । यसअघि पाँच पटक उपविजेतामा रोकिएको नेपालले यो पटक भने घरेलु समर्थक र मैदानको फाइदा उठाउँदै च्याम्पियन बन्ने लक्ष्य लिएको छ । बुधबार भएको प्रि–म्याच प्रेस कन्फरेन्समा प्रशिक्षक र...

आइसीसी विश्वकप लिग–२ : स्कटल्याण्डमाथि नेपाल पाँच विकेटले विजयी

आइसीसी विश्वकप लिग–२ : स्कटल्याण्डमाथि नेपाल पाँच विकेटले विजयी
  काठमाडौं । आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डमाथि नेपालले पाँच विकेटको जित निकालेको छ । पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले १५५ रनको लक्ष्य पाँच विकेटको क्षतिमा २९.५ ओभरमा परा गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनाएको थियो । ...