मोरङको बेलबारीमा रहेको एउटा फर्निचरमा मंगलबार राति आगलागी भएको छ ।प्रहरीका अनुसार बेलबारी नगरपालिका–७ नहर चोकमा गणेश भनिने भदीलाल चौधरीले सञ्चालन गर्दै आएको गणेश काष्ठ उद्योग नामको फर्निचरमा राति १० बजेतिर आगलागी भएको हो । आगोले काठबाट बनेका दराज, पलङसहित फर्निचरका सामान राखिएको घर जलेर ध्वस्त भएको चौधरीले बताए ।
आगलागीमा १५ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । स्थानीय र दमकलको सहयोगमा प्रहरीले करिब एक घण्टापछि आगो नियन्त्रणमा लिएको थियो ।
आगलागीको कारण खुल्न सकेको छैन । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।