
इटहरी : सुनसरी र मोरङबाट लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरी चौकी पचरुखीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका १४ का ३४ वर्षीय जोतिष चौधरीलाई १ ग्राम ५ सय ३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय विराटचौकबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दरहरैँचा नगरपालिका १० का २२ वर्षीय विशाल सार्कीलाई उनकै घर कोठाबाट प्रतिबन्धित औषधी ट्रमाडोल, स्पास्मो ११६ ट्याब्लेट र गाँजा १५ ग्रामसहित पक्राउ गरेको छ ।पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।























