ताेलामा १६ शयले बढ्याे सुन, उच्च मूल्यबाट घट्यो चाँदी
बुधबार सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ९१ हजार ३ सय रुपैयाँ थियो । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ ।
चाँदी उच्च मूल्यबाट प्रतितोला १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला २ ह...











