उदयपुर जिल्लाको बेलका नगरपालिका–३ निवासी डबुक दामिको मलेसियामा कार्यरत अवस्थामा असामयिक निधन भएको खबरले परिवार तथा गाउँमा शोक छाएको छ ।
मलेसियाको जोहोरबारुस्थित सनाइ क्षेत्रमा ड्युटीमा रहेका अवस्थामा उनको निधन भएको हो। अन्दाजी ४४ वर्षीय दामि मलेसियाको एक निजी सुरक्षा कम्पनीमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए।
स्रोतका अनुसार उनी नियमित ड्युटीमै रहेका बेला अचानक अस्वस्थ भएपछि घटनास्थलमै ढलेका थिए। दामि वर्षौंदेखि परिवारको आर्थिक अवस्था मजबुत बनाउन विदेशी भूमिमा पसिना बगाउँदै आएका थिए। उनी एक जिम्मेवार पारिवारिक व्यक्ति थिए, जसको कमाइले घर खर्च चल्ने गर्थ्यो। उक्त खबरले गाउँमा शोकको वातावरण छाएको छ।

तपाईको प्रतिक्रिया