कुकुरले टोकेर एक बालकको मृत्यु
झापा । झापाको कन्काई नगरपालिकामा कुकुरले टोकेर एक जना बालकको मृत्यु भएको छ।
सङ्खुवासभा चैनपुर नगरपालिका–७ घर भई हाल कन्काई नगरपालिका–२ सुकेडाँगीमा डेरागरी बस्ने कुमार रम्तेलका सात वर्षीय छोरा प्रकाशको मृत्यु भएको हो ।
विगत डेढ महिनाअघि कुकुरले टोकेको बालकको अवस्था सामान्य रहेका कारण उपचार नगराई बसेकामा शुक्रबार भने एक्कासी बालकको स्वास्थ्यमा समस्या आएको थियो ।
बालकलाई भद्रपुरस्थित प्रादे...










