प्रहरीलाई घुस खुवाउन पुगेका व्यापारी आफै फन्दामा
वडा प्रहरी कार्यालय वालिङका प्रमुखलाई घुस खुवाउन पुगेका व्यापारी आफै फन्दामा परेका छन् ।
मंगलबार ‘ल यो तपाईँले राख्नुहोस्, म व्यापार गर्छु भन्दै १५ हजार रुपैयाँ टेबलमा नै आइपुग्दा कार्यालयमा काम गरिरहनु भएका प्रमुख तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) निरन्जन घिमिरे एकछिन अलमल नै पर्नुभयो ।
रुपन्देहीको वसन्तपुर गाँउपालिका ४ घर भइ वालिङ नगरपालिका ८ बस्दै आएका जहरुद्दीन मियाँ पैसा बोकेर प्रहरी प्...










