रातभर मदिराले लठ्ठिएर बिहानै मानिसमाथि कार कुदाए
काठमाडौं / बूढानीलकण्ठ नगरपालिका-५ स्थित बूढानीलकण्ठ स्कुलको गेटनजिकै बा १४ च ६१२३ नम्बरको सुजुकी कारले शनिबार बिहान साढे १० बजेतिर सडक पेटीमा हिँडिरहेकी लीला देवकोटालाई किच्दै बत्तियो। मानिसलाई किच्दै हुत्तिएको उक्त कार बिजुलीको खम्बामा गएर ठोक्किँदै रोकियो। कारबाट दुई युवती निस्किएर भागे। लिलालाई ठक्कर दिने २१ वर्षीय पृथ्वी मल्ल र २० वर्षीय करिश मास्केलाई प्रहरीले तत्कालै समात्यो।
उनीहरु...











