विहे गरेकै भोलीपल्ट श्रीमानले गरे पत्नीको हत्या
हेटौँडा / धादिङका एक युवकले विवाहको भोलीपल्टै पत्नीको हत्या गरेका छन्। गत मंसिर ९ गते २० वर्षीय अनिशा तामाङलाई दुलहीका रुपमा भित्र्याएका धादिङको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरले भोलिपल्टै पत्नीको हत्या गरेका खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
मकवानपुरकी अनिशालाई बिहे गरेकै भोलिपल्ट हत्या गरी घटनाको ढाकछोप गर्न शौचालयको सेप्टि ट्यांकीमा लुकाएको खुलेको हो। खाल्डो छोप्ने ढक्क...










