खोटाङ / खोटाङ बोलेरो सडकबाट खस्दा एक जनाको मृत्यु भएकाे छ । खोटाङको रावाबेशि गाउपालिका-४ रमितेभिर स्थित भित्रि सडक खण्डमा बोलेरो सडकबाट तला खस्दा १ जनाको मृत्यु भएको हाे । आज शनिबार दिउँसो साढे ३ बजेको समयमा डुम्रेधारापानिबाट रावाखोला तर्फ जादै गरेको ना १ ज ३७४७ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट अंदाजी १५०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

घटनाबारेमा प्रहरी चौकी डुम्रेधारापानिमा जानकारी हुनासाथ घटनास्थलमा खटिएको प्रहरीको टोलीले बोलेरो चालक सल्यान जिल्ला सारदा नगरपालिका-११ बस्ने बर्ष २६ को राम बहादुर कुवर गम्भिर घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल खोटाङ पठाएको थियो ।

दुर्घटनामा परेर बोलेरोमा सवार खोटाङको रावाबेशि गाऊपालिका-४ गुहेले बस्ने बर्ष ४० को रमेश अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कको प्रहरी टोली पुगेर आवश्यक कानूनी प्रकृया गरीरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

तपाईको प्रतिक्रिया