दोलखा : सिन्धुपाल्चोकको खाडिचौर-जिरी सडकखण्डको ६ किलोमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ।

दोलखा कालिन्चोकबाट काठमाडौं जाने क्रममा बा ४ ख ४४६८ नम्बरको बस आइतबार बिहान ६ किलोमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी अधेँरीका प्रमुख राजेश दाहालले जानकारी दिए। उनले दुर्घटनामा अन्य थुप्रै यात्रु घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने बताए।

घटनाको थप विवरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया