सोलुखुम्बु – सोलुखुम्बुको लुक्ला क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातका कारण लुक्ला विमानस्थलमा पार्किङ गरि राखिएका हेलिकोप्टरहरू हिउँले ढपक्कै पुरिएका छ ।

उच्च पहाडी भेगमा हिमपात भएको छ । उच्च हिमाली क्षेत्र मुगु, डोल्पा, मनाङ, मुस्तङ, सोलुखुम्बु, ओखलढुंगालगायत विभिन्न जिल्लामा हिमपात भएको छ ।

मंसिरमा परेको हिउँदे झरीका कारण कतै जीवन कष्टकर बनेको छ भने कतै बालीनाली सप्रिने आसले किसानहरू उत्साहित भएका छन् ।
ओखलढुङ्गा र सोलुखुम्बु आसपासका जिल्लाको माथिल्लो क्षेत्रमा लगातार हिउँ परिरहेको छ ।

जिल्लाको थोलेदेम्बा, खिजीफलाटे, ठाडे, धाप, पात्ले, भुसिंगासहितका क्षेत्रमा बाक्लो हिउँ जमेको छ । हिउँमा रमाउने बढे चिसोका कारण जनजिवन कष्टकर भए पनि हिउँमा रमाउने आन्तरिक पर्यटकको घुइँचो लागेको छ ।

तपाईको प्रतिक्रिया