प्रहरी हुँ भन्दै पैसा असुल्न खोज्ने पक्राउ

मंसिर १२, पर्सा ।  पर्साको बीरगन्जमा बुधबार प्रहरी हुँ भन्दै पैसा असुल्न खाज्ने एक जनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–५ बस्ने २७ वर्षीय दिव्यप्रकाश चतुर्वेदी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएका छन् । प्रहरीका अनुसार पक्राउ परेको चतुर्वेदीले मकवानपुर हेटौंडा उपमहानगरपालिका–९ बस्ने अनन्त खतिवडालाई आफू जिल्ला प्रहरी कार्यालय पर्साको क्राइ...

भीरबाट लड्दा एक महिलाको मृत्यु

भीरबाट लड्दा एक महिलाको मृत्यु
ओखलढुंगा चिसंखुगढि गाँउपालिका-८ जुकेपानी बस्ने ४८ बर्षीया अन्जु राईको भीरबाट लडेर मृत्यु भएको छ। आज राती समयमा रुम्जाटारबाट घर तर्फ आउने क्रममा चिसंखुगढि -७ धनमुडा स्थितमा रहेको भीरबाट अन्दाजी २० मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको भनि ११ बजे स्थानीयले प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको उक्त कार्यालयले...

बिवाहमा दाइजो दिने रकमले बालबालिकालाई न्यानो कपडा

बिवाहमा दाइजो दिने रकमले  बालबालिकालाई न्यानो कपडा
                                                                                                                                                                                          मंसिर १२, सप्तरी ।  विवाहमा दाइजो दिने रकमबाट सप्तरीमा एक व्यक्तिले विपन्न समुदायका महिला तथा बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन् । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–४ मधवापुर निवासी शैलेन्द्रचन्द्र झ...

बस दुर्घटना अपडेट : १९ जनाको मृत्यु, १८ घाइते

बस दुर्घटना अपडेट : १९ जनाको मृत्यु, १८ घाइते
  अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ र घाइतेको सङ्ख्या १८ पुगेको छ । दुर्घटनामा १७ को घटनास्थलमै र दुईको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये एकको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडा र अर्का एकको चौराह अस्पताल बुटवलमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिनुभयो । सन्धिखर्कबा...

भोजपुरमा महिलाको स्तन काटेको आरोपमा एक जना पक्राउ

भोजपुरमा महिलाको स्तन काटेको आरोपमा एक जना पक्राउ
भोजपुर / भोजपुरको सेमेङ घटनामा महिलाको दुवै स्तन काटेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । गत बुधबार नकावधारीको समूहले खकुवाखोलामा लुगाधुन गएकी सुब्बा तमाङको अन्दाजी ३३ वर्षीया श्रीमती बिना तामाङको स्तन काटेर फरार रहेका थिए । सोही घटनामा संलग्न रहेको आरोपमा षडानन्द नगरपालिका–८ सेमेङका स्थानीय ३४ वर्षीय गोविन्द राईलाई पक्राउ गरिएको हो । पक्राउ पछि प्रहरी कार्यालय भोजपुर लगिएको आरोपित राईमाथि ...

भालुको आक्रमणबाट एक महिला गम्भिर घाईते

भालुको आक्रमणबाट एक महिला गम्भिर घाईते
संखुवासभा / संखुवासभाको भोटखोला ३ मा भालुको आक्रमणबाट एक महिला गम्भिर घाईते भएकी छन् । घर नजिकै बारीमा भालुको आक्रमणबाट भोटखोला ३ हुङगुङ गाउँकी ५० बर्षिया छाम्जेक भोटे गम्भिर घाईते भएकी हुन् । गम्भिर घाईते भोेटेलाई हेलिकप्टरबाट खाँदवारी उपचारको लागी ल्याईएको छ । उनकोे खाँदवारी अस्पतालमा उपचार भईरहेको छ । भालुको आक्रमणबाट उनको टाउको र हातमा गहिरो चोट लागेको अस्पतालले जनाएको छ । उनलाई स्थानीयल...

आफू बिजयी हुने नेकपा उम्मेदवार प्रकाश राईको दाबी

आफू बिजयी हुने नेकपा उम्मेदवार प्रकाश राईको दाबी
धरान / नेपाल कम्युनिस्ट पार्टीका मेयरका उम्मेद्वार प्रकाश राईले मंसिर -१४ गते हुने उपनिर्वाचनमा धरान उप- महानपालिकाबासीले आफुलाई जिताउने दाबि गरेका छन् । उनले धरानमा नेकपाको जलहर उत्साह जनक भएको भन्दै आफ्नो जित निश्चित भएको घोषणा समेत गरे। उनले भन्ने धराने जनताको साथ र बिश्बास हिजो पनि नेकपालाई नै थियो र आज पनि यथावत नै छ र भोलि पनि रहन्छ , नेपाली कांग्रेसको गलत प्रचारले जनता नझुकिने समेत उनले ...

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु
 अर्घाखाँचीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । सदरमुकाम सन्धीखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस बुधबार अपराह्न नरपानीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको जनाइएको छ । बस अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा दुर्घटना भएको हो । ५ नं. प्रदेश प्रहरी कार्यालयले अहिलेसम्म ५ जना पुरुष र तीन जना महिला गरी ८ जनाको मृत्यु भएको विवरण आएको जनाएको छ । प्र...

सुर्खेतमा कृषि जेटिएका विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना, ३३ घाइते

 पश्चिम सुर्खेतमा विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना भएको छ । जनज्योति माध्यामिक विद्यालय बड्डीचौरमा कृषि जेटिए अध्ययन गर्ने विद्यार्थी बोकेको ट्याक्टर कर्णाली राजमार्गअन्तर्गत बराहताल-५ हल्दुवामा बुधबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा ३३ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज वन्तले बताए । घाइते मध्ये एकको अव...

उपनिर्वाचन: आज रातको १२ बजे देखी मौन अवधि सुरू, सामाजिक संजालमा समेत प्रचार गर्न नपाईने

मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको लागि आज मध्यरातबाट नै मौन अवधि सुरु हुने भएकाे छ । आजको मध्यरात १२ बजेपछि सुरु हुन लागेको  मौन अवधिमा चुनाव प्रचारप्रसारका गतिविधि सञ्चालन गर्न पाईने छैन यदी यस्तो गरेको पाईएमा  आचार संहिता उल्लङ्घन गरेको कसुर ठहरिने छ । चुनाव प्रचार प्रसार गर्ने र भोट माग्ने बुधबार मात्र अन्तिम दिन हो आज रातको १२ बजे पछी सामाजिक संजालमा समेत चुनाव प्रचार प्रसारमा स...