ओखलढुंगा चिसंखुगढि गाँउपालिका-८ जुकेपानी बस्ने ४८ बर्षीया अन्जु राईको भीरबाट लडेर मृत्यु भएको छ। आज राती समयमा रुम्जाटारबाट घर तर्फ आउने क्रममा चिसंखुगढि -७ धनमुडा स्थितमा रहेको भीरबाट अन्दाजी २० मिटर
तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको भनि ११ बजे स्थानीयले प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया