धरान / नेपाल कम्युनिस्ट पार्टीका मेयरका उम्मेद्वार प्रकाश राईले मंसिर -१४ गते हुने उपनिर्वाचनमा धरान उप- महानपालिकाबासीले आफुलाई जिताउने दाबि गरेका छन् ।

उनले धरानमा नेकपाको जलहर उत्साह जनक भएको भन्दै आफ्नो जित निश्चित भएको घोषणा समेत गरे। उनले भन्ने धराने जनताको साथ र बिश्बास हिजो पनि नेकपालाई नै थियो र आज पनि यथावत नै छ र भोलि पनि रहन्छ , नेपाली कांग्रेसको गलत प्रचारले जनता नझुकिने समेत उनले दाबि गर्दे बिजयी पश्चात् तत्कालीन स्वर्गीय मेयर तारा सुब्बको सपना पूरा गर्दै धराने जनतालाई सुखि र धरानलाई समृद्धिको दिसामा लैजाने उद्घोष गरे।

बुधबार धरानको भानुचौकमा आयोजित नेकपाको अन्तिम चुनाबी सभामा सम्बोधन गर्दे नेकपाका अध्यक्ष पुष्पकमल दाहला (प्रचण्ड) ले कांग्रेसको बिरोध सभालाई माखे साङ्लोको संङज्ञा दिए ।

उनले कांग्रेस नेताहरुलाई कम्युनिस्टको चिन्ता नगर्न आग्रह गर्दै उनले भन्ने आफ्नो बारेमा सोचुन , यस्तै चालले पाच बर्ष भित्रमा कांग्रेस पार्टी नेपालमा थियो भनेर इतिहासमा मात्र सिमित होला , कांग्रेस प्रतिको बितिणा बढेको र नेकपाको भोट बढेको बताउदै प्रचण्डले भन्ने अबको केही बर्षमा कांग्रेसलाई नेपालमा बत्ति बालेर खोज्नु पर्ला  त्यस्तै नेकपा केन्द्रीय स्थायि समिति सदस्य संसदीय दलका उप नेता सुबावचन्द्र नेङ्वाङ्ले नेकपाले देशमा समावेसि सहितको संविधान निर्माण गरे ।

उनले धर्म निरपेक्ष सहितको संबिधान नेकपाले ल्याएको हो । भारतले नाकाबन्दी लगाउदा भारतसंग बिडेको नेकपा भएकाले पनि नेकपा जनताको पार्टी भएको दाबि गरे।

निर्वाचन परिचालन समिति धरानका संयोजक बस्नेतको अध्यक्षतामा भएको सभामा नेकपा स्थायी कमिटि सदस्य भिम आचार्य, केन्द्रीय सदस्य निर्मल वराल, प्रदेश सभा सदस्य उर्मिता वराइली, संसद जयकुमार राई, धरान उपमहानगरपालिकाकि काभा प्रमुख मन्जु आचार्य लगाएका नेकपा नेताहरुले धरानको समृद्धिकालागि प्रकाश राईलाई जिताउन आब्हान गरेका थिए ।

सभामै बिभिन पाटीका लगाएय स्वतन्त्र ५ सय भन्दा बढि पार्टीमा प्रवेश गरेका थिए । सभामा जनबादी गायक जेबि टुहरी, सम्बु राई, बद्बि पङ्गेनी लगाएका कलाकारले जनवादी गित आएका थिए ।

तपाईको प्रतिक्रिया