चाँदीको गरगहनासहित मोरङका एक युवक पक्राउ

चाँदीको गरगहनासहित मोरङका एक युवक पक्राउ
प्रहरीको टोलीले भारतीय सिमासँग जोडिएको सिरहाको बरियारपट्टी बजारबाट करीब अढाइ किलो चाँदीसहित एक जना पक्राउ गरेको छ। भारतीय बजारबाट नेपालतर्फ आइरहेका मोरङको रङ्गेली नगरपालिका–६ निवासी २५ वर्षीय उमेश विश्वकर्मालाई चाँदीको गरगहनासहित प्रहरीले पक्राउ गरेको हो। विश्वकर्माको साथबाट चाँदीको पाउजु ११० थान, औँठी ७२ थान, सिक्री ३० थान र बाला १२ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक...

ललितपुरमा रोकिराखेको २ वटा बसमा आगलागी

ललितपुरमा रोकिराखेको २ वटा बसमा आगलागी
काठमाडौं । ललितपुर महानगरपालिका-१३ सिँचाइ हिटीस्थित रोकिराखेको दुईवटा बसमा आइतबार बिहान आगलागी भएको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक गौतम मिश्रका अनुसार बिहान करिब ११ बजेको समयमा एक्कासी गाडीमा आगलागी भएपछि दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो निभाएका थिए । आगलागीबाट पार्किङ गरिराखेको बा३ख १३८९ र बा३ख १६६ नम्बरको गाडी जलेर पूर्णरुपमा क्षति भ...

भोजपुरमा युवतीको विभत्स हत्या

भोजपुरमा युवतीको विभत्स हत्या
भोजपुर / षडानन्द नगरपालिकामा एक महिलाको विभत्स हत्या भएको छ । षडानन्द नगरपालिका–१ नेपालेडाँडाबाट खेल हेरेर घर फर्कदै गरेकी वडा नं ३ बस्ने २८ वर्षीया कल्पना राईको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शनिबार साँझ षडानन्द नगरपालिकाको वडा नं २ र ३ को सिमानामा पर्ने उपङ्खा भन्ने ठाउँमा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीको भनाइ छ । हाटबाट फर्किँदै गरेका क...

अपराध संहिता कार्यान्वयन तर अपराध लुकाउन गाह्रो

अपराध संहिता कार्यान्वयन तर अपराध लुकाउन गाह्रो
काठमाडौं । ‘निमुखालाई ऐन, ठूलाबडालाई चैन’ । न्याय तथा कानुन कार्यान्वयनमा यस्तै प्रचलन लामो समयदेखि देखिएको हो तर यता केही समय ठूलाबडा पनि भकाभक कानुनको कठघरामा तानिन थालेका छन् । के अब परम्परागत उखान परिवर्तन हुने क्रममा छ ? “कानुनका अगाडि सबै समान र कानुन कार्यान्वयनमा राजनीतिक हस्तक्षेप नहुने हो भने साना न ठूला, सबैलाई समान रूपमा कानुन लाग्छ”, एक जना उच्च प्रहरी अधिकारीको भनाइ छ, ...

राष्ट्रपति विद्यादेवी भण्डारीले जापानी प्रधानमन्त्री र भारतीय राष्ट्रपतिलाई भेट्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले जापानी प्रधानमन्त्री र भारतीय राष्ट्रपतिलाई भेट्ने
राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारको चारदिने राजकीय भ्रमण पूरा गरी शनिबार जापान प्रस्थान गरेकी छन् । उनी जापान सरकारको निमन्त्रणामा चारदिने मैत्रीपूर्ण भ्रमणका लागि गएकी हुन् । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपतिले मंगलबार जापानका राजा नारुहितोको राज्यारोहण समारोहमा भाग लिनेछिन् । त्यही क्रममा उनले जापानका प्रधानमन्त्री सिन्जो अबे र भारतका राष्ट्रपति रामनाथ कोबिन्दसँग समेत भेट्ने कार्यक्रम...

दौडधुपमा दाहाल, पार्टीका अर्का अध्यक्ष ओलीबाट ’धोका’

दौडधुपमा दाहाल, पार्टीका अर्का अध्यक्ष ओलीबाट ’धोका’
काठमान्डाैं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट ‘धोका’ भएको गुनासो सचिवालय सदस्यहरूसँग गर्न थालेका छन्। पार्टी एकताका बेला आलोपालो प्रधानमन्त्री बन्ने समझदरी भए पनि ओलीका गतिविधिबाट त्यो पालना नहुने महसुस दाहालले गरेका छन्। दाहालले केही दिनअघि सचिवालय सदस्य ईश्वर पोखरेललाई उनकै घरमा भेटेर एकताका बेला भएको समझदारी कार्यान्वयन ह...

दाइजोमा भालु र सर्प, अंशमा पनि भालु

दाइजोमा भालु र सर्प, अंशमा पनि भालु
सिरहा / विवाह कर्ममा छोरी पक्षले सामान्यतया गरगहना र लत्ताकपडा दिने चलन छ । कानुनतः दाइजो लेनदेन गर्न नपाइने भए पनि व्यवहारबाट चलन अझै हटिसकेको छैन । तराईमा दाइजोमा नगदसँगै सवारी साधनसम्मको माग गरिन्छ । तर, तराईमै बसोबास गर्ने मुस्लिम समुदायअन्तर्गतको नट जातिले विवाह कर्ममा दाइजोमा भालु र सर्प दिन्छन् । सिरहा सुखीपुर –८ का साविरले छोराहरुलाई पनि भालु नै अंश दिए । बाजेको शेषपछि...

हेटौँडा–काठमाडौँ सुरुङमार्ग प्रदेश सरकारले बनाउने

हेटौँडा–काठमाडौँ सुरुङमार्ग प्रदेश सरकारले बनाउने
हेटौंडा / बहुचर्चित हेटौँडा–काठमाडौँ सुरुङमार्ग प्रदेश नं ३ सरकार आफैँले निर्माण गर्ने भएको छ। प्रदेश सरकारले हेटौँडा काठमाडौँलाई सुरुङमार्गमार्फत जोड्ने तयारीलाई तीव्र पारेको छ। सुरुङमार्गलाई प्रदेश सरकारले आफ्नो पहिलो नीति तथा कार्यक्रममा नै गौैरवको आयोजनाको रुपमा अगाडि सारेको भए पनि निजी कम्पनीको केन्द्र सरकारसँगको सम्झौता अवधि बाँकी नै रहेका कारण पहिलो वर्ष प्रदेशले उक्त मार्ग नि...

मेडिकल कलेज सञ्चालकको धम्की, ‘पढाउन सक्दैनौँ

मेडिकल कलेज सञ्चालकको धम्की, ‘पढाउन सक्दैनौँ
चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शिक्षण शुल्कमा विद्यार्थी भर्ना नसक्ने निजी मेडिकल कलेज सञ्चालकहरुले जनाएका छन् । आयोगले राष्ट्र बैंकको मुद्रास्फीतिका आधारमा एमबीबीएस र बीडीएसको शुल्क तोकेपछि सञ्चालकहरुले विद्यार्थी भर्ना नलिने चेतावनी दिएका हुन् । सञ्चालकहरुको पटक–पटक यस्तो धम्कीबाट प्रवेश परीक्षा सकेर कलेज छनोट र भर्नाको प्रक्रियामा रहेका विद्यार्थी अन्योलमा परेका छन् । आजको कान्तिपुर दैनि...

रौतहट हत्याकाण्डः न्याय खोज्दा खोज्दै मारिइन् आमा

रौतहट हत्याकाण्डः न्याय खोज्दा खोज्दै मारिइन् आमा
बम बिस्फोटका घाइतेहरुलाई इँटाभट्टामा हालेर मारिएको घटनाको अनुसन्धानमा कांग्रेस नेता एवं पूर्वमन्त्री अफताब आलम पक्राउ परेलगत्तै दुर्गाभगवती गाउँपालिका–४ छतौना टोलकी रुबी खातुन न्याय पाउने आशामा छिन् । उनले २०६४ चैतयता ३४ महिनाको अन्तरमा दाइ ओसी अख्तर र आमा रुक्साना खातुन गुमाइन् । राजनीतकि शक्तिको दबाबमा १२ वर्षसम्म थन्किएको मुद्दाको अनुसन्धान पुनः सुरु भएपछि दाइको सँगै आमाको हत्याको अन्तर्य पन...