चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शिक्षण शुल्कमा विद्यार्थी भर्ना नसक्ने निजी मेडिकल कलेज सञ्चालकहरुले जनाएका छन् । आयोगले राष्ट्र बैंकको मुद्रास्फीतिका आधारमा एमबीबीएस र बीडीएसको शुल्क तोकेपछि सञ्चालकहरुले विद्यार्थी भर्ना नलिने चेतावनी दिएका हुन् । सञ्चालकहरुको पटक–पटक यस्तो धम्कीबाट प्रवेश परीक्षा सकेर कलेज छनोट र भर्नाको प्रक्रियामा रहेका विद्यार्थी अन्योलमा परेका छन् । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया