चिनियाँ राष्ट्रपति नेपाल आउँदा तीन घण्टा सवारी साधन नचल्ने
काठमाडौं– आगामी शनिबारदेखि हुने चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई लिएर सुरक्षा निगरानी बढाइएको छ ।
सी भ्रमणका बेला हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मजबुत बनाइएको हो । उनको भ्रमणलाई लिएर नेपाली सेना समेत परिचालन गरिएको छ ।
दुई दिने नेपाल भ्रमणमा रहने राष्ट्रपति सीलाई उच्च सुरक्षासहित सोल्टी होटलमा राखिने छ ।
सी नेपाल उत्रनासाथ साल्टी होटेल पुगेर...











