नमोबुद्ध नगरपालिका–२ का १८ वर्षीय वियज तामाङले आफ्नै बाबुको ह त्या गरेका छन् । तामाङले गए राति ११ः०० बजे घरायसी विवादपछि पिकले टाउकोमा प्रहार गरी ४२ वर्षका बाबु टेकबहादुरको ह त्या गरेका हुन् ।

टाउकोमा पिक प्रहारपछि गम्भीर घाइते टेकबहादुरको उपचारका क्रममा आज बिहान धुलिखेल अस्पतालमा निधन भएको भकुण्डे प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक अशोक महतोले जानकारी दिनुभयो । उहाँका अनुसार घटनापछि भाग्ने क्रममा वियजलाई शुक्रबार रातिनै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।

तपाईको प्रतिक्रिया