नेपाल राष्ट्र बैंकले शुक्रबार सम्ममा करिब १२ अर्ब रुपैयाँ नयाँ नोट सटही गरेको जनाएको छ ।

दशैंमा हुने नयाँ नोटको मागलाई मध्यनजर गर्दै असोज १० गतेदेखि राष्ट्र बैंकले नयाँ नोट सटहीको सुविधा उपलब्ध गराइएको थियो । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका अनुसार, उपत्यकाभित्र विभिन्न सरकारी बैंकसँग मिलेर ५, १०, २०, ५० र १०० दरका नोट सटही गर्ने व्यवस्था मिलाइएको थियो ।

उपत्यकाभित्र राष्ट्र बैंकका अतिरिक्त नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक लिमिटेडका शाखाबाट पनि सेवाग्राहीले नयाँ नोट सटहीको सुविधा पाएका थिए ।

नोट सटही पछि राष्ट्र बैंकले सर्वसाधारणसँग दशैंमा नोटको हिफाजत गरेर प्रयोग गर्न समेत आग्रह गरेको छ ।

यस्तै, राष्ट्र बैंकले दशैंमा नोटमा रातो लगाउने, पुजा गर्दा भिजाउने तथा नोट विगार्ने खालका कुनैपनि काम नगर्न पनि आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया