झापाको कमल गाउँपालिका ३ केर्खा चौकमा करेन्ट लाग्दा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाईते भएकी छिन् । शुक्रबार राती पौने ८ बजेको समयमा बर्ष ६१ का बिष्णु प्रसाद चौलागाई र निजकी श्रीमती बर्ष ६१ की पम्फादेबी चौलागाईलाई आफ्नै नयाँ घरमा पानी लगाउने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका दुबैजनालाई उपचारको लागी लाईफ लाईन अस्पताल दमक लगिएकोमा श्रीमानको बाटैमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । श्रीमतीको सोही अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी नोबेल अस्पताल बिराटनगर ल्याईएको छ ।

तपाईको प्रतिक्रिया