दमकलका कर्मचारीको गोली हानी हत्या
वीरगन्जमा एक जना युवाको हत्या भएको छ। वीरगन्ज महानगरपालिका कार्यालयको बारुण यन्त्रका कर्मचारी रहेका बुनिलाल चौरसियाको गोली हानी हत्या भएको हो।
वीरगन्ज नगवास्थित बाइपास सडकको छेउमा रहेको पोखरीको किनारमा तन्ना र प्लाष्टिकको बोराले बेरेर फालिएको अवस्थामा चौरसियाको शव शुक्रबार फेला परेको थियो।
पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले चौरसियाको गोली हानेर हत्या गरिएको बताए।
नारायणी अस्पत...











