अब काठमाडौवाटं सिधा अष्ट्रेलिया उडान

अब काठमाडौवाटं सिधा अष्ट्रेलिया  उडान
काठमाडौं, १४ पुष । नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो । अष्टे«लियामा एक लाख ५० हजार हाराहारी नेपाली बसोबास गर्दै आएका छन् । सिधा उडान नहुँदा उनीहरु र यहाँबाट नेपाल घुम्न जाने पर्यटक विभिन्न देशका विमानस्थलमा लामो ट्रान्जिटमा परेर आउन–जान बाध्य रहेका छन् । सिड्नी विमानस्थलले प्रकाशित ...

कपिलवस्तुका २ वटा वडा कार्यालयमा अज्ञात समुहद्वारा आगजनी

कपिलवस्तुका २ वटा वडा कार्यालयमा अज्ञात समुहद्वारा आगजनी
पूर्वी नवलपरासी (नवलपुर) र कपिलवस्तुका २ वटा वडा कार्यालयमा अज्ञात समुहद्वारा आगजनी गरिएको छ । कावासोती नगरपालिका–१४ को कार्यालय र कपिलवस्तुको यशोधरा गाउँपालिका–३ नम्बर वडा कार्यालयमा गएराति आगजनी भएको हो । आगजनीबाट कावासोती नगरपालिका–१४ को वडा कार्यालयमा रहेका फर्निचरलगायतका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । यस्तै उता कपिलवस्तुको यशोधरा गाउँपालिका–३ को व...

सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीलाई तीन लाख रूपैंया धरौटीमा रिहा

सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीलाई तीन लाख रूपैंया धरौटीमा रिहा
पुष १४,जिल्ला अदालत सुनसरीले आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीलाई तीन लाख रूपैंया धरौटीमा रिहा गर्न आदेश दिएको छ । गिरीलाई जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासबाट तीन लाख धरौटीमा रिहा गर्न आदेश भएको हो । आइतबारबाट चलेको थुनछेक बहसमाा वादीकोतर्फबाट ८ जना र प्रतिवादीको तर्फबाट ६ जना अधिवक्ताले बहस गरेका थिए । बहसमा सहभागी सबै वकिलले कृष्णदासल...

ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
  मोरङको धनपालथान गाउँपालिका–४ कर्सियामा आइतबार साँझ भएको सवारी दुर्घटनामा परेर स्कुटर चालकको मृत्यु भएको छ । विराटनगर–रंगेली सडक खण्डमा भएको दुर्घटनामा को ३८ प १७७ नम्बरको स्कुटरका चालक सुनसरीको दुहवी नगरपालिका–२ का १८ वर्षीय रुपेश चौधरी माझीको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ आँउदै गरेको स्कुटरलाई रसायनिक मल बोकेर पूर्वतर्फ जाँदै गरेको को १ त ७८४३ नम्बरको ट्याक्टरले ...

उपचारका लागि हिँडेका विक दम्पतीको जिप दुर्घटनामा निधन

उपचारका लागि हिँडेका  विक दम्पतीको जिप दुर्घटनामा निधन
रौतहट । चन्द्रनिगाहपुरमा रहेको माउन्ट एभरेष्ट माविका शिक्षक २१ वर्षीय मनिष विक श्रीमती २० वर्षीया सिर्जनाको उपचारका लागि गत शुक्रबार काठमाडौं हिँडे। उनीहरु चढेको जिप मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेतरीमा दुर्घटना भयो। विक दम्पतीको दुर्घटना स्थलमै मृत्यु भयो। मनिषका बुबा मेकबहादुरका अनुसार सिर्जनाको पेट दुखेकाले उपचारका लागि उनीहरु काठमाडौं हिँडेका थिए । विवाह भएको एक वर्ष नपुग्...

घाँटी कसेर आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

घाँटी कसेर आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–१२ कपन बस्ने २९ वर्षीय लक्ष्मण नेपाललाई प्रहरीले आइतबार श्रीमतीको हत्याको अभियोगमा पक्राउ गरेको हो। नेपालले २५ वर्षीया श्रीमती उषा पनेरु नेपाललाई डोरीले घाँटी कसेर हत्या गरेको आरोप लागेको छ। हत्याको सूचना प्राप्त हुनासाथ पुगेको महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले श्रीमान नेपाललाई पक्राउ ...

बन्द कोठाभित्र नर्स मृत अवस्थामा फेला

बन्द कोठाभित्र नर्स मृत अवस्थामा फेला
धनगढी / धनगढी उपमहानगरपालिका– ५ स्थित निसर्ग अस्पतालमा कार्यरत नर्स मृत अवस्थामा फेला परेकी छिन । धनगढी– ५ तारानगर ऐश्वर्या विद्यालय नजिक डेरा गरी बस्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –१० कि २० वर्षीया सोनम ऐर बन्द कोठा भित्र मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाशसिंह कार्कीले  जानकारी दिए ।

बिहीबार र शुक्रबार पानी पर्ने सम्भावना, देशभर चिसो अझै बढ्ने

बिहीबार र शुक्रबार पानी पर्ने सम्भावना, देशभर चिसो अझै बढ्ने
यतिबेला देशभर चिसो ह्वात्तै बढेको छ । बिहीबार र शुक्रबार वर्षा हुने सम्भावना रहेकाले चिसो थप वृद्धि हुने अनुमान गरिएको छ । बढ्दो चिसोसँगै मध्य पहाड र तराईमा हुस्सु र शीतलहर सुरु भएको छ । राजधानी काठमाडौँमा शनिबार अहिलेसम्मकै सबैभन्दा चिसो ०.६ डिग्री तापक्रम सूचीकृत (रेकर्ड) भएको छ । आइतबार विहान १ डिग्री तापक्रम सूचीकृत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो गतवर्ष डिसेम्बर महिनाको अन्ति...

रंगेलीमा ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु

रंगेलीमा ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु
रंगेली । रंगेली–बिराटनगर सडक खण्ड अन्तरर्गत धनपालथान गाउँ पालिका ३ स्थित कर्सिया बजारमा ट्याक्टरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ ।  आईतबार साँझ पुर्वबाट पश्चिमी तर्फ आउदै गरेको को ३८ प १७७ नम्बरको स्कुटरलाई पुर्वतर्फ जाँदै गरेको को १ त ७८४३ नम्बरको ट्याक्टरले ठक्कर दिएको हो । ट्याक्टरको ठक्करबाट दुहबी २ का बर्ष १८ का रुपेश चौधरी गम्भीर घाईते भएकोमा उनको बिराटनगर स्थित कोशी अस्पतालमा उपचारका...

विवाह गरौँ भनेपछि प्रेमिले प्रेमिकाकाे हत्या, शव तमोरमा बगाइदिए

विवाह गरौँ भनेपछि प्रेमिले प्रेमिकाकाे हत्या, शव तमोरमा बगाइदिए
त्रिवेणी गाउँपालिका-२ चोकपुरकी १९ वर्षीया मन्दिरा अधिकारीको हत्या भएको खुलेको छ।१७ मंसिरदेखि बेपत्ता मन्दिराको शव भने अझै फेला परेको छैन। उनका प्रेमी रमेश अधिकारीले नै उनको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ। रमेशलाई प्रहरीले पक्राउ गरेको छ।रमेश नातामा मन्दिराका दाजु पर्ने व्यक्ति हुन्। रमेशले बयानमा मन्दिराको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ। ‘मन्दिरा र मेरो दुई...