गायक रामकृष्ण ढकालकाे सम्बन्ध विच्छेद, छोरीआमासँगै बस्ने

गायक रामकृष्ण ढकालकाे सम्बन्ध विच्छेद, छोरीआमासँगै बस्ने
काठमाडौं / चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्ध विच्छेद भएको छ । जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच बुधबार सम्बन्ध विच्छेद भएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार आन्नद श्रेष्ठले जनकारी दिए । निलम शाहले मंगलबार निवेदन दिएकी थिइन्। स्रेस्तेदार श्रेष्ठका अनुसार न्यायाधीश विदुर कोइरालाको इजलासले मुद्दा टुंग्याएको थियाे । उनीहरूबीच सम्बन्ध विच्छेद भ...

२० हजार सवारी चालकलाई कारवाही

२० हजार सवारी चालकलाई कारवाही
पुष ९, दाङ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा दाङमा २० हजार तीन सय सवारी चालक कारवाहीमा परेका छन् ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीका अनुसार, ट्राफिक नियम विपरित सवारी चलाउँदा कारवाहीमा परेका ती सवारी चालकबाट रु एक करोड ५५ लाख ७५ हजार राजश्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७५र०७६ मा ३४ हजार ५१० सवारी चालकको कारवाहीबाट रु एक करोड १३ लाख पाँच हजार राजश्व स...

 ट्रक र मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु एक जना घाइते ।  

 ट्रक र मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु एक जना  घाइते ।  
पुस ९, महोत्तरी ।  बुधबार बिहान महोत्तरीमा  ट्रक र मोटरसाईकल एकआपसमा  ठोक्किदा एक जनाको मृत्यु भएको छ भने एक जना सख्त घाइते भएका छन् । बर्दिबासबाट सिन्धुलीतर्फ गइरहेको  ग ६ प १७८९ नम्बरको स्पेण्डर  मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना ६ ख २६४५ नम्बरको ट्रकले काठमाण्डौं–सडक खण्डको विपी राजमार्गमा ठक्कर दिँदा उक्त दुर्घटना हुन पुगेको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा सिन्धुलीको तिनपाट...

आफ्नै घाँटी रेटेर आत्महत्या

आफ्नै घाँटी रेटेर आत्महत्या
ईलामको माई नगरपालिका-५ दाहालटारका ४८ बर्षीय राम बहादुर शंकरले आफुले आफ्नै घाँटी रेटेर आत्महत्या गरेका छन् । आज बिहान साँढे ६ बजे शंकरले आफूले आफ्नै घाँटी रेटी आत्महत्या गरेको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी दानावारीबाट खटिएको प्रहरी टोलीले शंकरलाई मृत अवस्थामा फेला पारेको थियो । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

बतासेलेकमा धुँवाको ठूलो मुस्लो विमान दुर्घटना भएको आशंका

बतासेलेकमा धुँवाको ठूलो मुस्लो विमान दुर्घटना भएको आशंका
मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकास्थित सुकौरा र वैकया गाउँपालिका १२ को सीमामा ठूलो आगोको मुस्लो र धुँवा देखिएको छ । त्यहाँ कुनै ठूलो दुर्घटना भएको आशंकामा प्रहरी त्यसतर्फ प्रस्थान गरेको छ । मकवानपुरका वरिष्ठ प्रहरी उपरीक्षक(एसपी) मुकेश सिंहका अनुसार मकवानपुरको चौघडाबाट प्रहरी त्यसतर्फ गएको छ । आगो र धुँवाको मुस्लो देखिएको स्थानमा पुग्न दुई घन्टा लाग्ने उनले बताए । वकैया गाउँपालिका व...

कांग्रेसमा गुटबन्दी झाँगियोः आधा दर्जन गुट, त्योभन्दा धेरै उपगुट र समूह

कांग्रेसमा गुटबन्दी झाँगियोः आधा दर्जन गुट, त्योभन्दा धेरै उपगुट र समूह
पार्टीलाई गुटमुक्त बनाउँदै विधि र विधान अनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको चार वर्ष पूरा हुन लागेको छ । विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने देउवाको चार वर्षे कार्यकाल फागुनमा सकिन्छ । तर एक वर्ष समय थप गर्ने समझदारी पार्टीभित्र निर्माण गरिसकेका देउवाले निर्वाचित भएपछिका दिनमा गुटबन्दी अन्त्य त परैको कुरा भयो विधिअनुसार...

छाउपडी हटाउन सरकारको कडा निर्देशन, नहटाए सुविधा रोकिने

छाउपडी हटाउन सरकारको कडा निर्देशन, नहटाए सुविधा रोकिने
गृह मन्त्रालयले सुन्दर सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा जटिल र चुनौतीपूर्ण समस्याका रूपमा रहेको सामाजिक विकृति छाउपडी (महिनावारी) प्रथा उन्मूलनका लागि कडा निर्देशन जारी गरेको छ । मन्त्रालयले सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छाउपडी नियन्त्रण संयन्त्र समिति गठन गरी छाउपडी प्रथा हटाउन नमान्नेलाई राज्यले उपलब्ध गराउँदै आएको सम्पूर्ण सुविधा रोक्न निर्देशन दिएको छ । ...

एक महिनामै रेल आउँदै

एक महिनामै रेल आउँदै
काठमान्डाैं / नेपालको राष्ट्रिय झन्डा अङ्कित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ । तर त्यो रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिनेजस्ता पूर्वतयारी गर्न बाँकी छ । रेल आउने समय तय भए पनि रेल विभाग अहिले कर्मचारी व्यवस्थापनमै अल्झिइरहेको छ । रेल सञ्चालनका लागि कार्यालय सहयोगीदेखि व्यवस्थापक र साधारण प्राविधिकदेखि विशेषज्ञ इन्जिनियरसम्मक...

विदेश जाने युवासँग पैसा असुल्ने गिरोह सक्रिय, भिसा लागेको पासपोर्ट देखाएर बार्गेनिङ

विदेश जाने युवासँग पैसा असुल्ने गिरोह सक्रिय, भिसा लागेको पासपोर्ट देखाएर बार्गेनिङ
काठमाडौं / वैदेशिक रोजगारीको भर्ना प्रक्रियामा सरकारले शून्य लगात र एजेन्ट खारेजीको व्यवस्था लागू गरेपछि केही म्यानपावर कम्पनीले गिरोह नै बनाएर युवासँग पैसा असुल्ने गरेको पाइएको छ । सरकारले पछिल्लो समय केही रोजगार गन्तव्य मुलुकसँग गरेको शून्य लगातको सम्झौता कार्यान्वयन गर्न नसक्दा म्यानपावरले अवैध एजेन्ट खडा गरी श्रमिकसँग लाखौं रुपैयाँ असुल्ने गिरोह नै खडा गर्न थालेका हुन् । सरकारले म्यानपाव...

अझै दुई हजार चिनियाँ अपराधी नेपालमा

अझै दुई हजार चिनियाँ अपराधी नेपालमा
राजधानीका विभिन्न स्थानबाट १ सय २२ जना सीमापार आर्थिक अपराधमा संलग्न चिनियाँ नागरिक पक्राउ गरेको नेपाल प्रहरीले २ हजार बढी आर्थिक अपराधमा संलग्न चिनियाँ अपराधी नेपालमा रहेको सूचना पाएको छ । चीनबाट आएको विशेषज्ञ टोलीको विशेष सूचना र सहयोगमा १ सय २२ जनालाई सोमबार राजधानीका मनमैजु, महाराजगन्ज र बूढानीलकण्ठबाट सीआईबी, काठमाडौं प्रहरी र अपराध महाशाखाको संयुक्त टोलीले पक्राउ गरेको थियो । उ...