काठमाडौं / चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्ध विच्छेद भएको छ । जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच बुधबार सम्बन्ध विच्छेद भएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार आन्नद श्रेष्ठले जनकारी दिए ।

निलम शाहले मंगलबार निवेदन दिएकी थिइन्। स्रेस्तेदार श्रेष्ठका अनुसार न्यायाधीश विदुर कोइरालाको इजलासले मुद्दा टुंग्याएको थियाे । उनीहरूबीच सम्बन्ध विच्छेद भएपछि छोरी भने आमासँगै बस्ने भएकी छिन् ।

 

तपाईको प्रतिक्रिया