पुस ९, महोत्तरी ।  बुधबार बिहान महोत्तरीमा  ट्रक र मोटरसाईकल एकआपसमा  ठोक्किदा एक जनाको मृत्यु भएको छ भने एक जना सख्त घाइते भएका छन् ।

बर्दिबासबाट सिन्धुलीतर्फ गइरहेको  ग ६ प १७८९ नम्बरको स्पेण्डर  मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना ६ ख २६४५ नम्बरको ट्रकले काठमाण्डौं–सडक खण्डको विपी राजमार्गमा ठक्कर दिँदा उक्त दुर्घटना हुन पुगेको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सिन्धुलीको तिनपाटन गाउँपालिका–१० लङ्गुर खोलाका २५ वर्षीय सरोज तामाङको मृत्यु  भहेका छन् । यस दुर्घटनामा परी सख्त घाइते भएका सिन्धुलीको तिनपाटन गाउँपालिका –१० लङ्गुर खोला घर भएका वर्ष २३ का कुमार खातीलाई भने उपचारको लागि काठमाण्डौं स्थिति ग्राण्डी अस्पतालमा ल्याईएको छ ।

हाल घटनाबारे थप अनुसन्धान भईरहको प्रहरीले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया