मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकास्थित सुकौरा र वैकया गाउँपालिका १२ को सीमामा ठूलो आगोको मुस्लो र धुँवा देखिएको छ । त्यहाँ कुनै ठूलो दुर्घटना भएको आशंकामा प्रहरी त्यसतर्फ प्रस्थान गरेको छ ।

मकवानपुरका वरिष्ठ प्रहरी उपरीक्षक(एसपी) मुकेश सिंहका अनुसार मकवानपुरको चौघडाबाट प्रहरी त्यसतर्फ गएको छ । आगो र धुँवाको मुस्लो देखिएको स्थानमा पुग्न दुई घन्टा लाग्ने उनले बताए ।

वकैया गाउँपालिका वडा नम्बर १२ का सचिव लक्ष्मण घिमिरेका अनुसार सुकौरा र वैकया गाउँपालिका १२ को वतासे लेकमा ठूलो धुँवा मुस्लो देखिएको छ ।

उनले भने,‘यो वडाबाट त्यहाँ पुग्न तीन चार घन्टा नै लाग्छ । केही मानिसहरुले त्यहाँ प्लेन दुर्घटनामा परेको खबर हामीलाई गरेका छन् । तर प्लेन हो वा होइन भन्ने चाँहि एकिन भएको छैन । प्रहरीलाई पनि खबर गरेका छौं । उहाँहरु पनि त्यसतर्फ जाँदै हुनुहुन्छ ।’

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने विमान दुर्घटनाको कुनै सूचना आफूलाई नआएको बताए ।

तपाईको प्रतिक्रिया