ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकै दिन दुईको मृत्यु

ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकै दिन दुईको मृत्यु
   महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा छुट्टाछुट्टै दुई घटनामा ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकै दिन दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार जलेश्वरमा ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकैदिन आइतबार बिहान एक बालक र बेलुका एक वृद्ध गरी दुई जनाको मृत्यु भएको हो । उहाँका अनुसार जलेश्वर नपा–२ बस्ने विनोद मु...

राखिरहेको बसमा आगजनी

राखिरहेको बसमा आगजनी
कैलालीको घोडाघोडी नगरपालिका–४ सिमथरीमा सडकको छेउमा राखिरहेको काक्रेविहार यातायातको ना४ख ७३५० नंको बसमा अज्ञात समूहले आइतबार राति आगजनी गरेको छ । केही दिनअघिदेखि त्यस क्षेत्रको बाटो छेउमा पार्कि¨ गरी राखिएको सो बसमा गए राति अज्ञात समूहले आगजनी गरेको सुखडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख हरिशरण भट्टले जानकारी दिनुभयो । दैलेखका धनराज शाहीको नाममा रहेको सो बस उनका छोराले मासिक भाडामा उठाउँदै आएक...

सीमा विवाद : वार्तामार्फत समाधान गर्न भारत सकारात्मक

सीमा विवाद : वार्तामार्फत समाधान गर्न भारत सकारात्मक
काठमान्डाैं / नेपाल–भारतका बीच उत्पन्न सीमा विवाद समाधान गर्न भारत सकारात्मक बन्ने संकेत देखिएको छ । नेपाल सरकारले कूटनीतिक र राजनीतिक पहल थाल्ने बताइरहेको बेला भारतले वार्तामार्फत सीमा विवाद समाधान गर्न सकिने बताएको पराराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । तर, औपचारिक रूपमा भारतले वार्तामार्फत सीमा विवाद समाधान गर्ने विषयलाई सार्वजनिक भने गरेको छैन । भारतले आफ्नो नक्सा पुरानै रहेको र सीमा नमिच...

भारतको नाङ्गो हस्तक्षेप: प्रदेश २ मा मात्रै ४६० हेक्टर जग्गा अतिक्रमण

भारतको नाङ्गो हस्तक्षेप: प्रदेश २ मा मात्रै ४६० हेक्टर जग्गा अतिक्रमण
धनुषा, प्रदेश नं २ मा रहेका आठ जिल्लामध्ये धनुषा जिल्लाबाहेक सात जिल्लाका २१ स्थानमा ४६० हेक्टर जग्गा भारतीयले अतिक्रमण गरी बसोबास गर्दै आइरहेको तथ्य फेला परेको छ । सीमाविद् बुद्धिनारायण श्रेष्ठको पुस्तक सीमासङ्ग्रामलाई आधार मान्दा भारतीयले प्रदेश नं २ को पर्साका पाँच स्थानमा २२७ हेक्टर, महोत्तरीका दुई स्थानमा १४ हेक्टर, रौतहटमा एक स्थानमा १५ हेक्टर, सप्तरीमा सात स्थानमा १४५ हेक्टर, बारामा दुई ...

विराटनगरबाट हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

विराटनगरबाट हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ
विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित अवैध हुण्डी कारोबारको सात लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरिएको छ । आइतबार को ३९ प ७३९६ नम्बरको मोटरसाइकलमा हुण्डीको रकम ओसारपसार भइरहेको सूचनाका आधारमा भन्सार कार्यालय नजिकबाट विराटनगर–१४ घर भएका ३० वर्षीय ज्योतिकुमार साह र भारत जोगवनीका १९ वर्षीय विक्कीकुमार साहलाई पक्राउ गरिएको हो । मोटरसाइकल चालक ज्योतिकुमारका साथबाट चार लाख र पछाडि बसेका विक्...

अयोध्या फैसला : जोगवनीमा पनि सर्तकता

२४ कात्तिक, विराटनगर । भारतको अयोध्याको विवादित जमीनको विषयमा भारतीय सर्वाेच्च अदालतले फैसला सुनाएपछि पूर्वी नेपालको सीमा क्षेत्रमा भारतीय प्रशासनले सर्तकता बढाएको छ । फैसला पश्चात हुनसक्ने सम्भावित गतिबिधिलाई नियन्त्रण गर्न भारतीय प्रहरी सीमावर्ती क्षेत्रमा सर्तकता अपनाएको हो । भारतलु सीमा क्षेत्रमा खटिएको एसएसबीमार्फत निगरानी बढाएको छ । भारतीय पक्षले सीमा क्षेत्रमा निगरान...

सेताङ गाउँपालिकामा आफ्नै श्रीमतीलाई खुकुरी प्रहार

सेताङ गाउँपालिकामा आफ्नै श्रीमतीलाई खुकुरी प्रहार
आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ४० वर्षीया श्रीमती भगवती नेपालीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सेताङ गाउँपालिका–५ बस्ने ४२ वर्षीय शिव नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले शिवलाई पक्राउ गरेको हो । घाइते भगवतीको प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरील...

इटहरीको पनिपिया जंगलमा दुर्गन्धित अबस्थामा भेटियो पुरुषको शव

इटहरीको पनिपिया जंगलमा दुर्गन्धित अबस्थामा भेटियो पुरुषको शव
ईटहरी । सुनसरीको ईटहरी उपमहानगरपालिका २० स्थित पनिपिया जंगल छेउमा कुहिएको अबस्थामा एउटा शव फेला परेको छ । अन्दाजी ३० / ३५ बर्षको जस्तो देखिने शव मुख्य सडकबाट उतर तर्फको रोडबाट २ सय मिटर पश्चिम दुर्गन्धित अबस्थामा फेला परेको हाे । उनको पहिचान खुल्न नसकेकाे र घटना स्थलमा प्रहरी टोली पुगि सकेको इलाका प्रहरी कार्यालयले जनाएकाे छ ।  

बाजुरामा पेस्तोल र विस्फोटक पदार्थसहित १६ जना पक्राउ

२४ कात्तिक,  बाजुरामा प्रहरीले पेस्तोल र विस्फोटक पदार्थसहित १६ जनालाई नियन्त्रणमा लिएको छ । गौमुल गाउँपालिका-३ माझपालीबाट रोल्पा गंगादेब गाउँपालिका-३ जिनावाङका ५२ वर्षीय चुडामण वलीसहित १६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुबाट एकनाले कटुवा पेस्तोल १ थान, त्यसमा लाग्ने ३ राउण्ड गोली, फलामको खाली सकेट १ थान, बारुद २ किलो २ सय ग्राम, एउटा प्रेशरकुकर...

भीरबाट लडेर महिलाको मृत्यु

भीरबाट लडेर महिलाको मृत्यु
बझाङ / बुङगल नगरपालिकामा खर काट्न गएकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । मुत्यु हुनेमा बुङगल नगरपालिका–५ की ३२ वर्षीया अन्जना धामी रहेकी छिन् । खर काटने क्रममा उनी वीरेखोला, किलाहाल्ले भिरबाट लडेकी हुन् । धामी शनिबार खर काट्न गएकी थिइन् । साँझसम्म घर नफर्केपछि परिवारले खोजी गर्दा धामी आज मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ