घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य
आइतबार(आज) सुनको मूल्य घटेको छ। सुन प्रतितोलामा चार सय रुपैयाँले घटेर ९९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुनको मूल्य तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ भने स्थिर रहको छ । शुक्रबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ । सोमबार सुन तोलाको एक लाख पाँच सय रुपैयाँमा कारोबार भएकोमा मंगलबार ९९ हजार दुई सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आज तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोलमा १० रुपैयाँले घटेको छ । सोमबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी ...

पाँचथरमा चिज उत्पादन केन्द्र स्थापना

पाँचथरमा चिज उत्पादन केन्द्र स्थापना
पाँचथरको याङवरक गाउँपालिका–५ ऐँसेलुटारमा चिज उत्पादन केन्द्र स्थापना भएको छ । दुग्ध विकास संस्थान, दुग्ध पदार्थ बिक्री वितरण आयोजनाअन्तर्गत सो केन्द्र स्थापना भएको हो । याङवरक गाउँपालिकाको आठ लाखको लागतमा उक्त केन्द्र स्थापना भएको हो । शनिबार आयोजित कार्यक्रममा याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले सो केन्द्रको उद्घाटन गरे । प्रशस्तै दूध उत्पादन हुने यस स्थानमा चिज उत्पादन गरी स्थानीयव...

चीनले नेपाललाई ११ अर्ब ४० करोड अनुदान सहयोग दिने

चीनले नेपाललाई ११ अर्ब ४० करोड अनुदान सहयोग दिने
चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोग अन्तर्गत नेपाल सरकारलाई ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ । उक्त रकम सन् २०२० का लागि प्रदान गरिएको हो । यसैबीच नेपालको भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीले आफ्ना राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला घोषणा भएको ...

भारतमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य

भारतमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य
भारतमा पेट्रोल र डिजेलको मूल्य बढेको छ । शुक्रबार भारतीय आयल मार्केटिङ कम्पनीले मूल्य बढाएको हो । भारतमा एक सातामा तेस्रो पटक पेट्रोल र डिजेलको मूल्य बढेको हो । एक दिनको राहतपछि शुक्रबार तेल कम्पनीहरूले पेट्रोलमा ८० पैसा र डिजेलको मूल्य ७५ पैसा भारुले बढाएको हो । नयाँ दर आजदेखि लागू भएको छ । दिल्लीमा पेट्रोल र डिजेलको मूल्य ८० पैसा प्रतिलिटर बढाएको छ । भारतमा गत चार दिनमा पेट्रोल र डिजेलको म...

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो
सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर एक लाख नाै सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार सय छ । यसको मूल्य बिहीबार प्रतितोला रु ९९ हजार आठ सय थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोल...

उपकार लघुवित्तले पायो आईपीओ निष्कासन अनुमति

उपकार लघुवित्तले पायो आईपीओ निष्कासन अनुमति
उपकार लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले उपकार लघुवित्तलाई २ लाख ६६ हजार २५० कित्ता अर्थात् २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि अनुमति दिएको हो । लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा एनबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ खुला

ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ खुला
ग्रीन भेन्चर्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो। निष्काशन गरिएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। यस्तै ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाएको छ। सर्वसाधारणले बाँकी २८ लाख ७५ हजार कित्ता श...

खानेतेलको मूल्य सातामै ६० रुपैयाँसम्म बढ्यो

खानेतेलको मूल्य सातामै ६० रुपैयाँसम्म बढ्यो
पछिल्लो एक सातामा खाने तेलको मूल्य ह्वात्तै बढेको छ । विशेष गरेर सन्फ्लावर र सोयाबिन तेलको मूल्य ह्वातै बढेको छ । गत साताबाट सुरु भएको रसिया र युक्रेनको युद्धसँगै नेपालमा अभाव हुने हल्ला चलाएरै मूल्य बढाइएको उपभोक्ता बताउँछन् । नेपालले युक्रेन, रसिया र अर्जेन्टिनाबाट कच्चा तेल आयात गरी रिफाइन गरेर नेपाली बजार र भारतमा निर्यात गर्दै आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पह...

अब देशभित्र प्रतिव्यक्ति दिनमा २५ हजारसम्म मात्र पठाउन पाइने

अब देशभित्र प्रतिव्यक्ति दिनमा २५ हजारसम्म मात्र पठाउन पाइने
नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषण (रेमिट्यान्सको) सीमा घटाएको छ। केन्द्रीय बैंकले आज बुधबारदेखि नै लागू हुनेगरी रकम स्थानान्तरणको सीमा घटाएको हो। राष्ट्र बैंकले स्वदेशमा रकम स्थानान्तरण गर्नेबारे आफ्नो आधिकारिक वेबसाइटमा बुधबार सूचना जारी गरेको छ। विप्रेषण कम्पनीका ‘सब एजेन्ट’ वा ‘सब रिप्रिजेन्टेटिभ’ हरूले स्वदेशमा कारोबार गर्दा प्रतिव्यक्ति, प्रतिकारोबार प्रतिदिन २५ हजार रूपैयाँसम्म मात...