अब देशभित्र प्रतिव्यक्ति दिनमा २५ हजारसम्म मात्र पठाउन पाइने
नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषण (रेमिट्यान्सको) सीमा घटाएको छ। केन्द्रीय बैंकले आज बुधबारदेखि नै लागू हुनेगरी रकम स्थानान्तरणको सीमा घटाएको हो।
राष्ट्र बैंकले स्वदेशमा रकम स्थानान्तरण गर्नेबारे आफ्नो आधिकारिक वेबसाइटमा बुधबार सूचना जारी गरेको छ।
विप्रेषण कम्पनीका ‘सब एजेन्ट’ वा ‘सब रिप्रिजेन्टेटिभ’ हरूले स्वदेशमा कारोबार गर्दा प्रतिव्यक्ति, प्रतिकारोबार प्रतिदिन २५ हजार रूपैयाँसम्म मात...









