कोशीमा ९ सय ९३ डेंगु संक्रमित
बेलबारी। देशभर डेङ्गु संक्रमित बढ्दै गएको छ । देशका सबै जिल्लामा ७ हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले जनाएको छ ।
इडिसिडीको तथ्याक अनुसार ७ हजार ७५ जनामा डेङ्गु पुष्टि भएको छ । यस समयमा ६ जना डेङ्गु सङ्क्रमितको मृत्यु भएको इडिसिडीका कीटजन्य शाखा प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए ।
बागमती प्रदेशमा १ हजार ७६३ जनामा डेङ्गु पुष्टि भए...











