सुनसरी — सशस्त्र प्रहरीले सुनसरीको इनरूवा नगरपालिका–७ चाँदबेळाबाट ठूलो परिमाणको गाँजा बरामद गरेको छ। नम्बर ४ गण हेडक्वार्टरका अनुसार स्कारपियोमा अवैध गाँजा बोकेर चलेको सूचनाका आधारमा प्रहरीले निगरानी गर्दै आएको थियो।
सूचना अनुसार करिब ४–५ वटा मोटरसाइकलमा आएका व्यक्तिहरूले स्कारपियोलाई ‘स्कटिङ’ गरिरहेको देखिएपछि सशस्त्र प्रहरी टोलीले त्यस क्षेत्रलाई विशेष निगरानीमा राखेको थियो। चेकजाँचका क्रममा बीओपी साहेबगञ्जको टोलीले रोकेर जाँच गर्न खोज्दा एक व्यक्ति मोटरसाइकल छाडेर फरार भएका छन्।
तत्कालै रोकिएको स्कारपियोको विस्तृत चेकजाँच गर्दा गाडीभित्र लुकाइराखिएको १५३ किलो गाँजा फेला परेको हो। नम्बर ४ गणका अनुसार चाँदबेळाका आदित्य चौधरी चालक रहेको बा १५ च २१७३ नम्बरको स्कारपियो र काे २७ प ८३३१ नम्बरको पल्सर मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।
बरामद गरिएको गाँजा र पक्राउ परेका चालकलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया