तोकिएको समयमा चुनाव हुनेमा आशंका: कोइराला
सुन्दरहरैंचा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी फागुन २१ गते निर्वाचन हुनैपर्ने बताएका छन् । प्रजातन्त्रको जग नै निर्वाचन भएकाले नेपाली कांग्रेस पार्टी चुनावमा जान पूर्ण रूपमा आतुर रहेको उनले स्पष्ट पारेका छन् ।
आफ्नो निर्वाचन क्षेत्र मोरङ-६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका वडा नं. ४ मा आयोजित स्थानीय नेताहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले संविधानको रक्षा र मुलुकलाई संक...











