महाेत्तरीमा नव विवाहिता युवतीको मध्यराति शंकास्पद मृत्यु, बरण्डामा भेटियाे शव
महोत्तरीमा एक नवविवाहिता युवतीको शंकास्पद मृत्यु भएको छ । महोत्तरीको जलेश्वर नगरपालिका–८ रमौलकी २० वर्षीया रिनादेवी रायको मंगलबार मध्यराति शंकास्पद मृत्यु भएको हो । माइत पक्षले भने दाइजोको निहुँमा पति रोहनकुमार राउतसहित ससुरा पक्षले हत्या गरेको दाबी गरेको छ ।
घरपरिवारले अचानक बिरामी भएर मृत्यु भएको जानकारी प्रहरी र माइत पक्षलाई दिएको थियो । प्रहरी पुग्दा घरको बरण्डामा रिनाको ...