भारतमा योजना बनाएर नेपालमा डकैती गर्ने सात जना पक्राउ
विराटनगर / भारतमा योजना बनाएर नेपालमा डकैती गर्ने सात जनाको समूहलाई प्रहरीले मोरङको पथरी नगरपालिका–१ बाट नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकामाथि अनुसन्धान गर्दा विराटनगरमा चोरी गर्नलाई भारतको सितामढीमा योजना बनाएर उनीहरु नेपाल छिरेको खुलेको छ । डकैती गरेपछि पक्राउ परेको गिरोहमा तीन भारतीय र चार जना नेपाली नागरिक छन् । पक्राउ पर्ने भारतीय नागरिकमा विहार मधुवनी बेनीपट्टी कटैया–१३ का ३५ वर्षीय ...











