ड्युटीमा लापरबाही गर्ने तीन प्रहरी कारबाहीमा
विराटनगर / ड्युटीमा लापरबाही गरेको आरोपमा इलाका प्रहरी कार्यालय रानीमा कार्यरत तीन प्रहरीमाथि कारबाही सुरु गरिएको छ । प्रहरी सहायक निरीक्षक (असई) प्रदीप थापा, हवल्दार धिरेन्द्र मधुवन र जवान सन्तोश तामाङमाथि एकै पटक कारबाहीको प्रक्रिया अघि बढाइएको हो । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीको निर्देशनमा जिल्ला प्रहरी कार्यालयमा तानेर कारबाही अघि बढाउन उनीहरुमाथि आवश्यक अनुसन्धान र छानबिन सुरु गरिएको...











