लागू औषध सहित ६ जना पक्राउ

लागू औषध सहित ६ जना पक्राउ
ताप्लेजुङ र पाँचथरबाट हिजो प्रहरीले लागू औषध सहित ६ जनालाई पक्राउ गरेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका- ४ स्थित लागू औषध बिक्री वितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ३३३ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेका हुन् । फुङन्लिङ नगरपालिका-११ का २१ बर्षीय रोमन विश्वकर्मा, सिन्धुली दुधौली १० का २७ बर्षीय देव बहादुर ब...

ताेलामा १६ शयले बढ्याे सुन, उच्च मूल्यबाट घट्यो चाँदी

ताेलामा १६ शयले बढ्याे सुन, उच्च मूल्यबाट घट्यो चाँदी
बुधबार सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९१ हजार ३ सय रुपैयाँ थियो । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ । चाँदी उच्च मूल्यबाट प्रतितोला १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला २ ह...

मोरङमा सुतिरहेकै अवस्थामा २२ वर्षीय युवक मृत फेला

मोरङमा सुतिरहेकै अवस्थामा २२ वर्षीय युवक मृत फेला
मोरङको रतुवामाई नगरपालिका–७ मा २२ वर्षीय सुदीप यादव मृत अवस्थामा फेला परेका छन्। झापाको हल्दिबारी–२ घर भएका यादव रतुवामाई–९ का राम भट्टराईको ट्याक्टरमा काम गर्दै आएका थिए। बुधबार राति मनोज कर्मकारको घरमा रहेको बाँसको चौतारामा सुतेका यादव बिहानीपख मृत अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार उनको मुखबाट फिँज निस्किएको अवस्थामा शव भेटिएको थियो। शव परीक्षणका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइ...

डिएसपी हुँ भन्दै ठगी गरेको अभियोगमा दुई जना पक्राउ

डिएसपी हुँ  भन्दै ठगी गरेको अभियोगमा दुई जना पक्राउ
सुनसरी । नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँ भन्दै छ लाख ठगी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–४ पाँचघरे घर भई हाल कलंकी बस्ने ४२ वर्षीय रेवती ओझा तथा काभ्रेपलाञ्चोकको चौरी देउराली–८ बस्ने ४५ वर्षीय ज्ञानबहादुर लामा भन्ने ज्ञानु तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पक्राउ परेकामध्ये ज्ञानबहादुर विसं २०७० फागुन २०...

बालिका बलात्कार आरोपमा सुन्दरहरैँचामा एकजना पक्राउ

बालिका बलात्कार आरोपमा सुन्दरहरैँचामा एकजना पक्राउ
सुन्दरहरैँचा / मोरङमा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–४ बस्ने ५७ वर्षीय अशोककुमार धामी थारू रहेका छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।अशोकले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

झापामा चट्याङ लाग्दा दुईजना घाईते, गाईको मृत्यु

झापामा चट्याङ लाग्दा दुईजना घाईते, गाईको मृत्यु
झापा । झापामा परेको चट्याङले दुई जना घाइते भएका छन् भने गाईको मृत्यु भएको छ। लगातारको हावाहुरी र वर्षासँगै परेको चट्याङका कारण बुधबार साँझ दुइ छुट्टाछुट्टै घटनामा सो क्षति भएको हो। बुधबारेस्थित बुद्धशान्ति गाउँपालिका–४ सट्टाभर्नामा बसोबास गर्दै आएका अन्दाजी ६० वर्षीय पुण्य पौडेल आफ्नै गाईगोठमा काम गरिरहेका बेला चट्याङले लागेर घाइते भएका छन्। उनलाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्ताम...

अबदेखि आमाको नामबाट पनि नागरिकता पाउने व्यवस्था कायम

अबदेखि आमाको नामबाट पनि नागरिकता पाउने व्यवस्था कायम
काठमाडौं : प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको नागरिकता ऐन संशोधन विधेयक पारित भएको छ । समितिको सभाकक्ष सिंहदरवारमा बसेको मंगलबारको बैठकले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो । यो सँगै बाबुुको अनिवार्य नाम राख्ने व्यवस्थाका कारण नेपाली नागरिकता पाउनबाट बञ्चित भएकाहरूले आमाको नामबाट नागरिकता पाउने भएका छन । सरकारले ल्याएको न...

आजको मौसम : यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

आजको मौसम : यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
काठमाडौँ : हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ भने कोशी प्रदेशका धेरैजसो क्षेत्रमा मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी र हिमाली क्षेत्रका एक-दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ। राति पनि देशभर आंशिकद...

मलेसियामा ड्युटी गर्दा गर्दै सधैलाई अस्ताए दामी

मलेसियामा ड्युटी गर्दा गर्दै सधैलाई अस्ताए दामी
उदयपुर जिल्लाको बेलका नगरपालिका–३ निवासी डबुक दामिको मलेसियामा कार्यरत अवस्थामा असामयिक निधन भएको खबरले परिवार तथा गाउँमा शोक छाएको छ । मलेसियाको जोहोरबारुस्थित सनाइ क्षेत्रमा ड्युटीमा रहेका अवस्थामा उनको निधन भएको हो। अन्दाजी ४४ वर्षीय दामि मलेसियाको एक निजी सुरक्षा कम्पनीमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए। स्रो...

विराटनगरका विद्यालय गर्मिले तीन दिन बन्द

विराटनगरका विद्यालय गर्मिले तीन दिन बन्द
अत्यधिक गर्मीका कारण विराटनगरका विद्यालय तीनदिनका लागि बन्द गरिएको छ । विद्यालयमा विद्यार्थी पुगेर पढ्न नसक्ने अवस्था आएको अभिभावकको गुनासोपछि महानगरपालिकाले तीनदिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । विराटनगरका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद ढुंगेलका अनुसार यदि वर्षा भएर पठनपाठनका लागि अनुकुल अवस्था सिर्जना भए विद्यालय खुल्नेछन् । गर्मीका कारण बालबालिकाको स्वास्थ्य जोखिम बढ्न सक्ने ...