सय बढेको सुनको मूल्य आज पनि बढ्यो
हिजो बढेको सुनको मूल्य आज पनि बढेको छ। चाँदीको मूल्य भने आज घटेको छ।
सुनको मूल्य आज प्रतितोला एक हजार दुईसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य तोलाको दुई हजार चारसय रुपैयाँ बढेको थियो।
मूल्य बढेर आज सुन तोलाको एक लाख ९१ हजार सातसय रुपैयाँमा किनबेच भइरहेको छ। हिजो सुनको मूल्य तोलाको एक लाख ९० हजार पाँचसय रुपैयाँ थियो।
सुनको मूल्य गएको शुक्रबारद...











