विराटनगर–७ रंगेली रोडमा अवस्थित मेरिल्याण्ड कलेज विद्यार्थीहरूको प्रमुख गन्तव्य मध्येमा पर्दछ । गुणस्तरिय शिक्षा जोड दिँदै उत्कृष्ट नतिजा ल्याउन सफल यस कलेजमा सुविधासम्पन्न पूर्वाधारसँगै अनुभवी शिक्षक–शिक्षिकाहरूले पठन–पाठन गराउँदै आएका छन् ।
विगत २३ वर्षदेखि व्यवस्थापन शिक्षामा अब्बल यस कलेजले यसै शैक्षिकसत्रदेखि विज्ञान संकायमा पनि पठन–पाठन सुरु गरेको छ । २०८१ सालको एईई परीक्षामा उत्कृष्ट ४ जिपिए ल्याउने विराटनगर मौलिक ढकाल र विराटनगरकै सृजा पोखरेल मेरील्याण्डमै विज्ञान संकायमा बढ्ने भएका छन् । यसले पनि मेरिल्याण्डको अब्बलतालाई झल्काउँछ ।
कलेजका निर्देशक भेषराज पोखरेलले उनीहरूलाई कलेजमा स्वागत गर्न पाउँदा थप उत्साह थपिएको उल्लेख गरे । अर्का निर्देशक प्रदिप भगतले यसले कलेजलाई थप उत्तरदायीत्व बहन गराएको उल्लेख गरे ।
उत्कृष्ट ल्याव, उत्कृष्ट रिजल्ट र उत्कृष्ट पूर्वाधार नै मेरिल्याण्डको पहिचान भएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए । जसका कारण विद्यार्थीहरूको पहिलो रोजाइमा मेरिल्याण्ड पर्ने गरेको उनको दाबी छ । कलेजले मेडिकल र इन्जीनियरीङ तयारीका लागि काठमाडौंको केएमसी कलेजसँग सम्झौता गरेको छ ।


















