मोरङको बुढीगंगा गाउँपालिकामा वृक्षरोपण गरिएको छ । टंकी सिनवारी जेसिज , लायन्स क्लब अफ टंकीसिनवारी ग्रिनसिटी र गाँउपालिकाको संयुक्त आयोजनामा वृक्षरोपण गरिएको हो ।
मंगलबार बुढीगंगा गाउँपालिका–२ सख्मामा गाउँपालिकाका अध्यक्ष जीत नारायण थापा मगरको उपस्थितिमा वृक्षरोपण गरिएको हो । गाउँपालिकालाई हराभरा र स्वच्छ बनाउने अभियान अन्तरगत वृक्षरोपण अभियान सुरु गरिएको जनाइएको छ ।
वृक्षरोपण कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष थापा मगरले सडक पेटीमा फलफूललगायतका विभिन्न विरुवाहरू रोपिएको जानकारी दिनुभएकाे छ । गाउँपालिकालाई सुन्दर बनाउने उद्देश्यका साथ अभियान अघि बढाइएको उहाँले बताउनु भयाे ।
आँप, लिच्ची, कटहर लगायत विरुवा रोपिएको उहाँले जानकारी दिनु भयाे । गाउँपालिकाले समग्र क्षेत्रमा आवश्यक कामलाई तीब्रतता दिइरहेको उहाकाे भनाई छ । यो अभियानले निरन्तरता पाउने र फलदायी हुनेमा अध्यक्ष मगर बताउनु भयाे ।


















