हिजो बढेको सुनको मूल्य आज पनि बढेको छ। चाँदीको मूल्य भने आज घटेको छ।

सुनको मूल्य आज प्रतितोला एक हजार दुईसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य तोलाको दुई हजार चारसय रुपैयाँ बढेको थियो।

मूल्य बढेर आज सुन तोलाको एक लाख ९१ हजार सातसय रुपैयाँमा किनबेच भइरहेको छ। हिजो सुनको मूल्य तोलाको एक लाख ९० हजार पाँचसय रुपैयाँ थियो।

सुनको मूल्य गएको शुक्रबारदेखि सोमबारसम्म लगातार घटेको थियो। शुक्रबार तोलामा दुई हजार नौसय, आइतबार एक हजार र सोमबार तीनसय रुपैयाँ घटेको सुनको मूल्य हिजो र आज लगातार बढेको हो।

गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ। आज चाँदीको मूल्य तोलाको दुई हजार एकसय ४५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया