जंगलमा २ बोरा सकेट बम फेला
काठमाडौं । उत्तरी रोल्पास्थित थबाङ गाउँपालिकामा दुई बोरा सकेट बम फेला परेको छ । स्थानीय घाँसीले बुधबार थबाङ–३ मिरुलस्थित रापा जंगलमा बम फेला पारेका हुन् । बम फेला पारेपछि घाँसीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बम रहेको क्षेत्रलाई नियन्त्रणमा लिएर सुरक्षित पारेको छ । घाँसीले बिहान १० बजे नै बम फेला पारेको खबर गरेपछि सदरमुकामस्थित जिल्ला सुरक्षा समितिले बिहीबार बम निस्क्रिय पार्ने योजना बनाएको छ...











