अभियोग प्रमाणित भए सिद्धबाबालाई ७ देखि १० वर्ष सजाय हुने पक्का
काठमाडौं / महिला अनुयायी बलात्कार गरेको आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीको शुक्रबार अदालती बयान लिइएको छ । ४५ वर्षीय गिरीको बयान लिँदालिँदै कार्यालय समय सकिएकाले थुनछेक बहस आइतबारलाई तोकिएको छ। प्रहरीको अनुसन्धानमा बयान दिन आनाकानी गरेका उनलाई बयानका लागि सुनसरी जिल्ला अदालतमा ल्याउँदा महिला अधिकारकर्मीहरुले बलात्कारीलाई कडा दण्डसजायको माग गर्दै नारा जुलुस प्रदर्शन गरेका थिए। गिर...