जवरजस्ती करणीको आरोप लागेका कृष्णदास गिरीलाई कडा कारबाहीको माग गदै महिला अधिकारकर्मीहरुको पनि प्रदर्शन शुरु भएको छ । बिभिन्न स्थानबाट आएका महिला अधिकारकर्मीहरुले बलात्कार पिडित महिलालाई न्यायको माग गदै प्रदर्शन गरिरहेका छन् ।

सुनसरी जिल्ला अदालत अगाडी गिरीको पक्ष र महिलाको पक्षमा प्रदर्शन भइरहेको छ । महिलाहरुको प्रदर्शनमा गिरीलाई फासी दे भन्दै नारा लगाइएको छ । महिलाहरु प्ले कार्ड सहित गिरीको बिरोध गरिरहेका छन् ।

आजको बहस पश्चात आइतबार थुनछेक बहसका लागि गिरिलाई पुन अदालतमा उपस्थिती गराउने स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया