२४८ किसानलाई दुग्ध उत्पादनमा १९ लाख अनुदान
सिन्धुलीका व्यावसायिक दुग्ध उत्पादन गर्ने किसानलाई १९ लाख रुपैयाँ बढी अनुदान प्रदान गरिएको छ। जिल्लाको कमलामाई नगरपालिका र गोलन्जोर गाउँपालिकाले व्यावासयिक रूपमा दूध उत्पादन गरी बिक्री गर्ने २ सय ४८ जना किसानलाई १९ लाख १२ हजार २ सय ३४ रुपैयाँ ४ पैसा अनुदान प्रदान गरेका हुन्।
कमलामाई नगरपालिकाले वडा नम्बर ३ का १ सय ५० जना किसानहरूलाई ७ लाख १२ हजार ८ सय १८ रुपैयाँ र गोलन्जोर गाउँपालिकाले ९८ जना क...