यि हुन प्रतिनिधि सभाका ५ निलम्बित सांसद , कसलाई के अभियोग ?
काठमाडौं । हत्या, यौन दुर्व्यवहार, भ्रष्टाचार लगायत काण्डमा मुछिएपछि हालसम्म संघीय संसद्का ५ सांसद निलम्बित भएका छन् । पछिल्लो पटक कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदारलाई ललिता निवासको जग्गा अनियमितता आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेसँगै निलम्बित सांसदको संख्या ५ पुगेको हो । निलम्बनमा पर्नेमा सभामुखदेखि कांग्रेस संसदीय दलका उपनेता एवं पूर्वउपप्रधानमन्त्रीसम्म छन्।
...