काठमाडौं । हत्या, यौन दुर्व्यवहार, भ्रष्टाचार लगायत काण्डमा मुछिएपछि हालसम्म संघीय संसद्का ५ सांसद निलम्बित भएका छन् । पछिल्लो पटक कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदारलाई ललिता निवासको जग्गा अनियमितता आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेसँगै निलम्बित सांसदको संख्या ५ पुगेको हो । निलम्बनमा पर्नेमा सभामुखदेखि कांग्रेस संसदीय दलका उपनेता एवं पूर्वउपप्रधानमन्त्रीसम्म छन्।
संसद् सचिवालयका अनुसार अहिलेसम्म नेकपाका २, कांग्रेसका २, समाजवादी १, राजपा १ सांसदको पद गुमेको छ। गच्छदार भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार सांसदबाट माघ २२ देखि स्वतस् निलम्बित भएको संसद् सचिवालयले शुक्रबार निकालेको सूचनामा उल्लेख छ।

भ्रष्टाचार मुद्दा दायर हुनासाथ सांसद पद स्वतस् निलम्बनमा पर्ने कानुनी व्यवस्था छ। अदालतबाट सफाइ पाएको खण्डमा भने उनको सांसद पदमा पुनर्बहाली हुनेछ। गच्छदारसँग अख्तियारले ९ करोडभन्दा बढी विगो मागदाबी छ।
संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले अहिलेसम्म सत्तापक्ष र प्रतिपक्षका गरी ५ जना सांसद विभिन्न अभियोगपछि संसद् नियमावलीअनुसार निलम्बन भएको बताए। संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको कुल २७५ सांसदमध्ये ५ सांसद निलम्बनमा परेका हुन्।
कुन सांसद के अभियोगमा निलम्बित
१। कृष्णबहादुर महरा : महरा ९नेकपा० बाट दाङ क्षेत्र नं। २, बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन्। निवर्तमान सभामुखसमेत रहेका महरा संसद् सचिवालयकी कर्मचारीलाई यौन दुर्व्यवहारको आरोपमा २०७६ असोज २३ गते निलम्बनमा परेका हुन्।
२। विजयकुमार गच्छदार : कांग्रेस संसदीय दलका उपनेता एवं पूर्वउपप्रधानमन्त्री रहेका गच्छदार सुनसरी क्षेत्र नं ३ बाट निर्वाचित सांसद हुन्। उनी ललिता निवासको जग्गा अनिमितताको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि माघ २२ गते स्वतस् निलम्बनमा परेका हुन्। गच्छदार भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार सांसदबाट माघ २२ देखि स्वतस् निलम्बित भएको संसद् सचिवालयले शुक्रबार सूचना निकालेर जानकारी गराएको थियो।
३। मोहम्मद अफताब आलम : आलम रौतहट क्षेत्र नं २ बाट कांग्रेसबाट निर्वाचित सांसद हुन्। उनी हत्या आरोपमा २०७६ असोज २७ गते निलम्बनमा परेका हुन्। पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहत राजपुरमा भएको बम बिस्फोटमा जिउँदै मानिसलाई चिम्नी भट्टामा हालेर मारेको आरोपमा जन्मकैद तोकिएका आलम कैद भुक्तान गरिरहेका छन्।
४। रेशमलाल चौधरी : चौधरी कैलाली १ बाट निर्वाचित सांसद हुन्। राजपाबाट चुनाव लडैका चौधरी व्यक्ति हत्या आरोपमा जेल जीवन बिताइरहेका छन्। संविधान सभाबाट संविधान जारी हुनुअघि थरूहट आन्दोलनक्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रदर्शनक्रममा एसएसपी र नाबालकसहित नौ जनाको हत्या भएको घटनामा चौधरी संलग्न रहेको निष्कर्षसहित जिल्ला अदालत कैलालीले उनलाई जन्मकैदको सजाय सुनाएको थियो।
५। हरिनारायण रौनियार : तत्कालीन संघीय समाजवादी पार्टीबाट पर्सा ३ मा चुनाव जितेका रौनियार आफ्नै पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेपछि २०७५ असोज १९ मा निलम्बनमा परेका हुन्। २०७५ असोज १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको जब्दिघाटको बबई पुल निर्माणमा गुणस्तर कायम नगरी भ्रष्टचार गरेको भन्ने विषयमा विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो ।
मुद्दा दर्ता भएको जानकारी पाएपछि संसद् सचिवालयले प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियार अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन ०४८ को दफा १७ तथा भ्रष्टचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम असोज १९ देखि स्वतस् निलम्बन हुने भएको सूचना प्रकाशित गरेको थियो । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।


















